शेयर बजार झन्डै ९ अङ्कले बढ्याे, साढे ५ अर्ब रुपैयाँकाे काराेबार

 जेठ २८, २०८१ सोमबार १५:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९० अङ्कले बढेर २ हजार ८२ दशमलव ०९ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, होटल, जीवन बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज कुथेली बुखारी हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी र पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन जानकी फाइनान्स कम्पनीको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज ३ सय १४ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ५ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया