कुवेतको श्रमिक क्याम्पमा भएको आगलागीमा तीन जना नेपाली सामान्य घाइते

 जेठ ३१, २०८१ बिहीबार ६:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – कुवेतको मङ्गाफमा रहेको श्रमिक क्याम्पमा हिजो भएको आगलागीमा तीन जना नेपाली सामान्य घाइते भएका छन् । त्यो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएका र दुई जना सुरक्षित रहेका कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार आगलागीबाट शिवशंकर पासवान, दोर्जे लामा र दिनेशकुमार मण्डल सामान्य घाइते भएका हुन् । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले घाइते भएका नेपाली श्रमिकको विषयमा जानकारी लिनुभएको छ ।

हिजो नेपाली दूतावासमा सम्पर्क गरेर मन्त्री अर्यालले क्याम्पमा रहेका नेपाली श्रमिकको विषयमा जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

आप्रवासी कामदार बस्ने क्याम्पमा भएको आगलागीमा अरु देशका ४१ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया