शेयर बजार घटे पनि काराेबार रकम झन्डै ५ महिनायताकै उच्च

 जेठ ३१, २०८१ बिहीबार १५:४०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अङ्कले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा झरेको छ ।

आज विकास बैंक र फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन समृद्धि फाइनान्स, कुथेली बुखारी हाइड्रोपावर र साधना लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने बढेर झन्डै पाँच महिनायताकै उच्च भएकाे छ । आज तीन सय १३ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि गएकाे माघ ७ गते ७ अर्ब ६३ कराेड रुपैयाँकाे काराेबार भएकाे थियाे ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया