सूचना प्रविधिको क्षेत्रमा ५ वर्षसम्म कुनै पनि करका नीतिमा परिवर्तन गर्दैनौँ : अर्थमन्त्री

 असार १, २०८१ शनिबार १७:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षसम्म कुनै पनि करका नीतिमा परिवर्तन नगर्ने बताउनुभएको छ । ललितपुरमा शुरु भएको 'राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१' लाई सम्बोधन गर्दै उहाँले अब पाँच वर्षसम्म सूचना प्रविधिको क्षेत्रमा कर नबढाउने र यो क्षेत्रलाई प्रोत्साहन गर्ने बताउनुभएको हो ।

अर्थमन्त्री पुनले सूचना प्रविधिको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताउनुभयो । पुनले नेपालका लागि आईटी क्षेत्र प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र भएको भन्दै १० वर्षमा ३० खर्बको आईटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको पनि बताउनुभयो । उहाँले काठमाण्डौमा तत्काल एउटा आईटी हब बनाउने र त्यसका लागि केही ठाउँ हेरिसकिएको पनि बताउनुभयो । उहाँले सात प्रदेशमा नै हबको रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

सरकारको तर्फबाट काठमाण्डौमा कम्तिमा १० ठाउँमा तत्काल आईटी सेन्टर स्थापना गर्ने र तीन वर्षलाई कुनै पनि शुल्क नलिने अर्थमन्त्री पुनले बताउनुभयो । अर्थमन्त्री पुनले गएको आर्थिक वर्षमा ६६ अर्ब रुपैयाँ बराबरको आईटी सेक्टरको सेवा निर्यात गरेको र आउँदो एक वर्षभित्र एक खर्ब रुपैयाँको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको बताउनुभयो ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया