शेयर बजार १७ अङ्कले घट्याे

 असार २, २०८१ आइतबार १५:५४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ०४ अङ्कले घटेर २ हजार ९५ दशमलव २५ विन्दुमा झरेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, बीमा, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार ओरालाे लागेकाे दिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३ सय १७ वटा कम्पनीको १ करोड ३२ लाख कित्ता शेयर ५ अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३० करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया