बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
सर्लाही – चिनी कारखाना ढिलो गरी सञ्चालन हुने भएपछि सर्लाहीका उखु किसानहरुले सस्तो मूल्य क्रसरलार्इ उखु बिक्री गर्न थालेका छन ।
समयमा नै चिनी कारखाना सञ्चालन नभएकाले क्रसर उधोगलार्इ आधाभन्दा कम मूल्य प्रति क्विन्टल २ सय ८० रूपैयाँका दरले उखु बिक्री गर्न परेको बरहथवा (९, मुर्तियाका किसान रन्जित खड्काले गुनासो गर्नुभयो ।
उखु काटेर अन्य बाली लगाउन ढिलो भइसकेको भन्दै किसानले क्रसर उद्योगमा उखु बेच्न थालेका हुन् । चिनी मिललेभन्दा क्रसर उद्योगलाई आधा कम मूल्यमा उखु बिक्री गर्दा लागत मूल्य उठाउन समेत मुस्किल पर्ने र उखु खेतीप्रति किसानको आकर्षण घट्दै जाने गढैयाका किसान रामदेव रायको भनाई छ ।
मंसिरको दोस्रो साता बितिसक्दा पनि किसान प्रतिनिधि र उद्योग सञ्चालकबीच छलफल नभएपछि मिल सञ्चालन अन्यौलमा परेको हो । विगतका वर्षमा मंसिरको अन्तिम साताबाट सञ्चालन हुँदै आएको कारखाना यसवर्ष भने मंसिरमा सञ्चालन नहुने भएको छ । सर्लाहीमा गएको वर्षको तुलमा यसवर्ष ३० प्रतिशत उखु खेती बढेको इन्दुशंकर चिनी कारखाना सर्लाहीले जानएको छ ।
उखु खेती बढ्नु र समयमा मूल्यका विषयमा छलफल नहुँदा किसानलाइ उखु बिक्री गर्ने चिन्ता थपिएको छ । सर्लाहीका दक्षिणी क्षेत्रका अधिकांश किसानले उखु बिक्री गर्ने समयमा प्रत्येक वर्ष यस्तै समस्या झेल्दै आएका छन् । उनीहरुले चिनी कारखानको विकल्पमा प्रत्येक वर्ष खाडसारी तथा क्रसर उद्योगलार्इ ५० प्रतिशत कम मूल्यमा उखु बिक्री गर्दै आएका छन ।
दक्षिणी क्षेत्रका किसानले गएको वर्ष बिक्री गरेको उखुको भुक्तानी अझैसम्म पनि नपाएका छैनन् । समयमा मिलबाट भुक्तानी नपाएपछि किसानहरुले घर खर्च चलाउन चाडपर्व मनाउन बैंक र साहुबाट ऋण लिएको बताएका छन् ।
सर्लाहीमा तीनवटा ठूला चिनी कारखाना र एक दर्जनको हाराहारीमा क्रसर उद्योगहरु सञ्चालनमा रहेका छन । उखु क्रसिङको सिजन सुरु हुन लागे पनि गएको वर्षको मौज्दात चिनी बिक्री नभएकाले चिनी कारखानामा क्रसिङको कुनै तयारी नरहेको ईन्दुशकर चिनी कारखाना हरिवनका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो ।
इन्दुशंकर चिनी कारखान हरिवनको गोदाममा अझै एक लाख ७० हजार क्विन्टल चिनी बिक्री हुन बाँकी रहेकाले यस क्रसिङ सिजनको चिनी राख्ने ठाउँ अभाव भएकाले मिल सञ्चालनमा अन्यौल रहेको रजकको भनाई छ ।
त्यस्तै धनकौलमा रहेकोअन्नपूर्ण सुगर मिलले पनि गएको वर्षको चिनी बिक्री नभएर किसानको भुक्तानी गर्न नसकेको दाबी गरेको छ । अन्नपूर्ण सुगर मिलले किसानलाई अझै ३५ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।
नेपाल सरकारले उखु किसानलाई दिएको अनुदानवापत ६५ रुपैयाँ २८ पैसा रकम अहिलेसम्म उखु किसानले पाउन सकेका छैनन् । किसानलाई कुन आधारमा भुक्तानी गर्ने भन्ने यकिन उखु बिक्री तथ्यांक नहुँदा भुक्तानीमा समस्य परेको हो ।
समयमा नै चिनी कारखाना सञ्चालन नहुँदा बाध्य भएर किसानले हिउँदे खेती गर्न क्रसरलाई उखु बिक्री गर्नु परेको उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।