विश्वका ९० प्रतिशत परमाणु हतियार अमेरिका र रुससँग

परमाणु हतियारको सङ्ख्यामा पहिलो पटक भारतले पाकिस्तानलाई उछिन्यो

 असार ४, २०८१ मंगलबार १८:२३:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वभर भएका परमाणु हतियारको ९० प्रतिशत हतियार अमेरिका र रुससँग भएको पाइएको छ । स्विडेनको थिङ्क ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार विश्वका नौ वटा परमाणु शक्ति सम्पन्न देशहरूसँग भएका हतियारको ९० प्रतिशत हतियार अमेरिका र रुससँग रहेका छन् ।

पछिल्लो समय रुसले आफ्नो परमाणु हतियारलाई आधुनिक बनाउँदै लगेको पनि रिपोर्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसैबीच परमाणु हतियारको सङ्ख्यामा भारतले पाकिस्तानलाई उछिनेको छ । सन् २०२३ को शुरुमा भारतसँग १ सय ६४ वटा परमाणु हतियार रहेकोमा अहिले १ सय ७२ वटा पुगेका छन् । जबकि पाकिस्तानसँग गएकाे वर्ष १ सय ७० वटा रहेकोमा यस वर्ष अहिलेसम्म बढेको छैन ।

यस्तै चीनले पनि परमाणु हतियारको उत्पादन र विस्तार बढाएको छ । सन् २०२३ मा चीनसँग ४ सय १० परमाणु हतियार रहेकोमा यस वर्षको अहिलेसम्म बढेर ५ सय वटा पुगेका खबरमा उल्लेख छ ।

अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलमा परमाणु हतियार रहेका छन् । धेरै देशले सन् २०२३ मा नयाँ परमाणु क्षमता भएका प्रणालीहरू उत्पादन गरेका छन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया