सुन तस्करीमा संलग्न गोरे, छिरिङ् र भुजुङ् सम्पत्ति शुद्धिकरण विभागमा

 जेठ २८, २०७५ सोमबार १३:५४:२६ | उज्यालो सहकर्मी

काठमाडा‌ैं - सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र उनका साला छिरिङ वाङगेललाई सोमबार काठमाडौं ल्याइएको छ ।

मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका उनीहरुलाई सोमबार बिहान सम्पत्ति शुद्धिकरण विभागले आवश्यक अनुसन्धानका लागि झिकाएको हो ।

सम्पत्ति शुद्धिकरण विभागले गोरे, भुजुङ र वाङगेलले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको हो ।

तीनै जना अभियुक्तहरुलाई सोमबारै ललितपुरको पुल्चोकमा रहेकाे विभागमा उपस्थित गराइएको छ ।

पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन । 

२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ, उनको साला नाता पर्ने डेविट डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरु विरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

अघिल्ला सुन तस्करी मिलेर गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानबिन समितिको अनुसन्धानबाट खुल्न आएको छ । 

३३ किलो सुन हराएपछि सोधपुछ गर्ने क्रममा गोरेले आफ्नै साथी सनम शाक्यको हत्या गरेपछि सुन प्रकरण बाहिरिएको हो । 

सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका लागि झिकाएका गोरेसहित ३ जना अभियुक्तलाई विभागमा उपस्थित गराएपछि केन्द्रिय कारगार चलान गरिएको छ ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया