अमेरिकाले भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला गर्‍यो

 चैत ३, २०८१ सोमबार ६:२२:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले आफ्नो देशमा रहेका दुई सयभन्दा धेरै भेनेजुएलाका कैदीबन्दीलाई एल साल्भाडोरको सुपरम्याक्स जेलमा डिपोर्ट गरेको छ ।

आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा जेल परेका भेनेजुएलाका गिरोह सदस्यहरूलाई सार्न अदालतले रोक लगाए पनि अमेरिकाले उनीहरुलाई देश निकाला गरेको हो ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमार्फत भेनेजुएलाको आपराधिक गिरोह ट्रेन डे अरागुआका दुई सय ३८ सदस्यहरूमध्ये अमेरिकी देश एल साल्भाडोर आइपुगेका बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी सरकार र एल साल्भाडोरले बन्दीहरूको पहिचान गरेका छैनन् भने उनीहरुको अपराध के हो वा कस्तो गिरोहका सदस्य हुन् भन्नेबारे पनि केही खुलाइएको छैन ।

राष्ट्रपति ट्रम्प प्रशासनलाई उनीहरुको देश निकाला जायज नभएको भन्दै एक सङ्घीय न्यायाधीशको आदेश आएको भए पनि कैदीबन्दी बोकेका उडानहरू पहिले नै प्रस्थान गरिसकेका थिए ।

ह्वाइट हाउसका अनुसार भेनेजुयलाका आपराधिक गिरोहले अमेरिकी नागरिक जोखिममा रहेका तर अब कुनै खतरा नभएको बताएको छ ।

ट्रम्पले अस्ति शनिवार ट्रेन डे अरागुआ गिरोहले अमेरिका विरुद्ध अनियमित युद्ध सञ्चालन गरिरहेको भन्दै यसमा आवद्ध सदस्यहरुलाई  देश निकाला गर्ने घोषणा गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया