भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

 चैत ४, २०८१ सोमबार ९:३५:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारले सञ्चालन गरेको समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने निर्णय गर्नुभएको छ ।

उहाँले आफू विरोधी र उग्रवादी भएको भन्दै भ्वाइस अफ अमेरिकालाई बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जानकारी दिएको छ ।

यो आदेशले करदाताहरू अब कट्टरपन्थी प्रचारलाई आर्थिक सहयोग गर्न जिम्मेवार छैनन् भन्ने कुरा सुनिश्चित गर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले भने आफूसँगै झण्डै एक हजार तीन सय कर्मचारीहरूलाई तलबी बिदामा राखिएको बताउनुभएको छ ।

भ्वाइस अफ अमेरिका सन् १९४२ मा नाजी र जापानी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो । यसले रेडियो, टेलिभिजन, र अनलाइन प्लेटफर्महरू मार्फत धेरै भाषाहरूमा समाचार र कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया