शेयर बजार साढे ५ अङ्कले बढ्याे, काराेबार रकम भने घट्याे

 असार ११, २०८१ मंगलबार १५:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ६० अङ्कले बढेर २ हजार ७१ दशमलव ७७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, फाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल, जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ग्लोबल आईएमई बैंक डिबेन्चर २०८४/८५ र मकर जितुमाया हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साधना लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

बजार बढे पनि आज काराेबार रकम भने घटेकाे छ । हिजाे ५ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार भएकाेमा आज ३ सय १९ वटा कम्पनीका ९४ लाख ३५ हजार कित्ता शेयर ४ अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै आरएसडीसी लघुवित्त कम्पनीको १४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया