इजरायलबाट ८ सय जना नेपालीको माग : आवेदन खुल्याे, मासिक तलब कति ?

 असार १२, २०८१ बुधबार ७:३४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य देश इजरायलबाट आठ सय जना नेपाली कामदारको माग भएको छ । इजरायलले मासिक कम्तीमा दुई लाख रुपैयाँ तलब दिने गरी आठ सय नेपाली केयर गिभरको माग गरेको हो ।

वैैदेशिक रोजगार विभागले हिजो एक सूचना निकालेर शुरुमा पाँच सय र त्यसपछि तीन सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने जनाएको छ । आठ सयमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् । दुवै देशको सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ ।

इजरायलमा नेपाली केयर गिभरको तलब मासिक दुई लाख १० हजार छ भने करार अवधि एक वर्षको भए पनि थपेर पाँच वर्षसम्म बस्न पाइने हुन्छ । विभागले २१ दिनको समय दिएर हिजोदेखि आवेदन खुला गरेको हो । दुई महिनाभित्र सबै प्रक्रिया पूरा गरी इजरायलमा रोजगारीका लागि नेपालीलाई पठाउने प्रक्रिया शुरु हुनेछ ।

केयर गिभरको रोजगारीमा जानका लागि नर्सिङसम्बन्धी आधारभूत कोर्स अनमी वा सीएमए गरेको हुनुपर्ने वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिनुपर्ने योग्यता तोकिएको छ । इजरायलमा केयर गिभरका रूपमा नेपाली कामदार लैजान सन् २०१५ मा पहिलोपटक दुवै देशबीच सम्झौता भएको थियो ।

अहिले इजरायलमा झन्डै १३ सय जना नेपाली केयर गिभरका रूपमा काम गरिरहेको विभागले जनाएको छ । केयर गिभरका लागि योग्यता पुगेका युवाले विभागको वेबसाइटमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ ।

आवश्यक योग्यताहरु :
– २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको
– अनमी वा सीएमए पढेको वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङ विषयमा कम्तीमा तीन महिनाको तालिम लिएको
– कम्तीमा १.५ मिटर उचाइ र ४५ किलो तौल भएको
– पासपोर्टको म्याद कम्तीमा तीन वर्ष कायम रहेको
– आफूमात्र होइन, बाबु, आमा, पति, पत्नी, छोराछोरीसमेत इजरायल नगएको हुनुपर्ने ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया