भारत र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा भयो भने के हुन्छ ? काे बन्छ विजेता ?

 असार १५, २०८१ शनिबार १८:१६:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटकाे फाइनलमा आज राति भारत र दक्षिण अफ्रिका खेल्दैछन् । याे खेल राति सवा ८ बजे बारबाडाेसकाे ब्रिजटाउनमा रहेकाे केन्सिङ्टन ओभलमा शुरु हुनेछ ।

माैसम पूर्वानुमानकाे जानकारी दिने एजेन्सीहरूले याे खेलमा वर्षाले प्रभावित पार्नसक्ने अनुमान गरेका छन् । यदि वर्षा भयाे भने खेल पूरा हुनका लागि थप १ सय ९० मिनेटकाे समय दिइनेछ । विजेता बन्नका लागि कुनै पनि टिमले कम्तीमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ । यदि आज थप समयमा पनि १० ओभरकाे ब्याटिङ नभएमा भाेलि 'रिजर्भ डे' काे दिन खेल जहाँ छाेडिएकाे थियाे त्यहीँबाट शुरु हुनेछ ।

आइतवार पनि वर्षाले खेल प्रभावित गर्नसक्ने सम्भावना छ । भाेलि पनि खेल नभएमा दुवै टिमलाई संयुक्त विजेता घाेषणा गरिनेछ । यदि खेल बराबरी भएमा 'सुपरओभर' बाट निर्णय हुनेछ । सुपरओभर पनि बराबरी भएमा फेरि एक पटक सुपरओभर हुनेछ । खेलकाे निर्णय नभएसम्म सुपरओभर दिइनेछ । यदि वर्षाका कारण सुपरओभर पनि भएन भने दुवै टाेलीलाई संयुक्त विजेता घाेषणा गरिनेछ । 

भारत अस्ति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इङ्गल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो । भारतले यसअघि सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलङ्कासँग पराजित भएको थियो ।

यस्तै दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । दक्षिण अफ्रिकाले अस्ति नै भएकाे पहिलाे सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो ।

नवौँ संस्करणको यो विश्वकपमा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका आठ र भारत सात खेलमा अपराजित छन् । भारतले क्यानडासँगको खेलमा वर्षा बाधक हुँदा अङ्क बाँडेको थियो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया