माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास भइरहेकाे छ : प्रधानमन्त्री प्रचण्ड

 असार १६, २०८१ आइतबार १८:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र र एकीकृत समाजवादी एउटै पार्टी बनाउने प्रयास जारी रहेको बताउनुभएको छ ।

आज नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी र एकीकृत समाजवादी अहिले पनि समाजवादी मोर्चामा सँगै रहेको र मोर्चा हुँदै कम्युनिस्ट आन्दोलनको एकता कायम गर्ने उद्देश्यमा समान धारणा रहेको बताउनुभयो । उहाँले कम्युनिस्टहरूले निराशावादी भएर सोच्न नहुने टिप्पणी गर्नुभयाे ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीको राजनीतिक दस्तावेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति पनि जनाउनुभएको छ । उहाँले विभिन्न राजनीतिक शक्तिहरूको मूल्याङ्कन गर्दा माओवादीलाई नजिकको शक्ति र आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयाे, ‘तपाईँहरूले विभिन्न राजनीतिक शक्तिहरूको मूल्याङ्कन गर्दा हामीलाई अलि नजिकको शक्ति पनि भन्नुभएको छ । साथसाथै अलि बढी अस्थिर पनि भन्नुभएको छ । हरेक राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई हेर्ने दृष्टिकोण आफ्नो बनाउन जरुरी पनि छ । आज नेपाल संविधान सभामा गयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रिया भयो । समृद्धिको अलि नयाँ अभियान चलेको छ । प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । अस्थिर नभएको भए यो प्रक्रियामा हामी यहाँ आइपुग्ने पनि थिएनौँ ।’

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया