शेयर बजार १६ अङ्कले बढ्याे, काराेबार रकम भने घट्याे

 असार १७, २०८१ सोमबार १५:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, बीमा, होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ३ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका ७१ लाख ६५ हजार कित्ता शेयर २ अर्ब ९९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको १९ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया