म्याग्दीको बेनीमा घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी बन्दै

 असार २०, २०८१ बिहीबार १२:१२:४२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बेनी नगरपालिकामा ज्येष्ठ नागरिक, शारीरिक रूपमा अपाङ्गता र अशक्त तथा दीर्घ रोगीलाई लक्षित गरेर सञ्चालित 'घरघरमा स्वास्थ्यकर्मी' कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकलाई लक्षित गरि शुरु गरिएको कार्यक्रमबाट अहिलेसम्म एक हजार सात सय जना लाभान्विन भएका नगरपालिकाले जनाएको छ । घरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट लक्षित समूहसँगै अन्य सर्वसाधारण पनि लाभान्वित भएका छन् ।

कार्यक्रमले बेनी नगरपालिकाको विभिन्न वडाबाट स्वास्थ्य सेवा लिनकै लागि जिल्ला सदरमुकाम बेनीबजारसम्म झर्नुपर्ने बाध्यताको अन्त्य भएको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । १० वटा वडा रहेको बेनी नगरपालिकाको ८ वटा वडामा मात्र यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

२०७८ सालको जनगणनाअनुसार घरधुरी सङ्ख्या आठ हजार छ सय ५२ कायम भएको बेनी नगरपालिकामा कुल जनसङ्ख्या भने ३२ हजार छ सय ९७ रहेको छ । प्रत्येक महिनाको एकपटक बेनीका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी नागरिकका घरघरमा पुगेर सेवा दिने गरेका छन् ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया