लुम्बिनीमा राजीनामा दिने एमालेका मन्त्रीलाई बिदाइ भोज

 असार २१, २०८१ शुक्रबार १२:१६:१३ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – लुम्बिनी प्रदेशमा सरकार छोड्ने भन्दै राजीनामा बोकेर मुख्यमन्त्री निवास पुगेका नेकपा एमालेका मन्त्रीलाई मुख्यमन्त्री जोखबहादुर महराले बिदाइ भोज दिनुभएको छ । सङ्घीय सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनीमा पनि एमालेका मन्त्रीले सरकार छोड्न लगेका हुन् ।

मन्त्रीले सरकार छाड्ने भएसँगै मुख्यमन्त्री महराले आफ्नो निवासमा बिदाइ भोज आयोजना गर्नुभएको हाे । आफ्नो मन्त्रिमण्डलमा सहभागी भएकालाई निस्कँदा पनि राम्रै सम्मानका साथ बिदा गर्नुपर्छ भन्ने राजनीतिक संस्कारको शुरुवात गरिएको मुख्यमन्त्री महराले बताउनुभयो ।

बिदाइ भोजमा एमाले संसदीय दलका उपनेता तथा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्य, आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थी, शहरी विकास तथा खानेपानीमन्त्री भूमीश्वर ढकाल, वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसी र सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री सहभागी हुनुभएको छ ।

मन्त्रीहरूले मुख्यमन्त्री महरालाई राजीनामा पत्र बुझाउनुभएको छ । केन्द्रमा एमाले र कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार केन्द्रसहित सात वटै प्रदेश सरकारबाट एमाले बाहिरिएको उहाँहरूको भनाइ छ ।

अन्तिम अपडेट: असार २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया