सामसङको नाफा पछिल्लो ३ महिनामा १५ गुणाले बढ्यो

 असार २२, २०८१ शनिबार १८:३७:५० | एजेन्सी
unn.prixa.net

'चिप्स' काे मूल्य बढेपछि विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङको नाफा पछिल्लो तीन महिनामा १५ गुणाले बढेको छ । सामसङ इलेक्ट्रोनिक्सले गएको वर्षको अप्रिलदेखि जुनसम्मको तुलनामा यो वर्षको तीन महिनाको नाफा १५ गुणा बढेकाे जनाएको छ ।

संसारभर कृत्रिम बौद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) प्रयोग बढेसँगै उन्नत चिप्सकाे मूल्य बढ्दा कोरियाली कम्पनी सामसङको नाफा आकाशिएको हो । सामसङ मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनको विश्वको सबैभन्दा ठूलो निर्माता हो ।

यसअघि जनवरीदेखि मार्चसम्म पनि कम्पनीले नाफा १० गुणा बढेको जनाएको थियो । तर अब सामसङमा कर्मचारीको आन्दोलन शुरु हुने सङ्केत देखिएका छन् । कर्मचारीको हडताल भएमा कम्पनीको नाफामा केही कमी आउन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

अहिले संसारमा चिप्स बनाउने कम्पनीको आम्दानी र नाफा निकै बढिरहेको छ । चिप्स बनाउने चिनियाँ विशाल कम्पनी एनभिडियाको बजार मूल्य गएको महिना ३ खर्ब डलरभन्दा माथि पुगेको थियो जसले उसलाई केही दिनका लागि विश्वको सबैभन्दा मूल्यवान् कम्पनीको रूपमा पुर्‍याएकाे थियो ।

अन्तिम अपडेट: असोज १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया