विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङमा कर्मचारीको हडताल शुरु

 असार २४, २०८१ सोमबार ९:२०:१८ | एजेन्सी
unn.prixa.net

विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीले आजदेखि तीन दिने हडताल शुरु गरेका छन् ।

राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का झन्डै २८ हजार जना सदस्यले हडताल शुरु गरेका हुन् । उनीहरूले बोनस प्रणाली सुधार गर्न र कामदारको वार्षिक बिदामा केही दिन थप गर्न माग गरेका छन् ।

कर्मचारी युनियनका वरिष्ठ नेता ली ह्युन–कुकले माग सुनुवाइ नभए अर्को चरणको सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिनुभएको छ । सङ्घले आज सियोलमा रहेको सामसङको मुख्यालय नजिकै ठूलो र्‍याली निकाल्ने योजना बनाएको छ ।

विश्लेषकहरूले यो हडताल चिप उत्पादनमा ठूलो प्रभाव पार्ने सम्भावना नरहेको बताएका छन् । किनकि विश्वको सबैभन्दा ठूलो 'चिप' उत्पादक सामसङ स्वचालित उत्पादन प्रणालीमा गइसकेको छ । तर चीप उत्पादनबाहेकका अरू काममा भने असर पर्ने खबरमा उल्लेख छ ।

सामसङले गएको शुक्रवार मात्रै यो वर्षको दोस्रो त्रैमासिकमा मुनाफामा १५ गुणाले वृद्धि भएको अनुमान गरेको थियो । कर्मचारीको आन्दोलन बढ्दै गएमा नाफामा कमी आउन सक्ने देखिएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया