प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न एमालेकाे 'ह्विप'

 असार २६, २०८१ बुधबार १८:४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न 'ह्विप' जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आज 'ह्विप' जारी गर्नुभएको हो ।

प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा सांसदलाई अनिवार्य उपस्थित भई प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न 'ह्विप' जारी गरिएको प्रमुख सचेतक बर्तौलाले बताउनुभयो ।

नेपाली कांग्रेसले यसअघि नै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । कांग्रेस संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया