प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिन माओवादी केन्द्रकाे 'ह्विप'

 असार २६, २०८१ बुधबार १८:७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन 'ह्विप' जारी गरेको छ । आज सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मत दिन 'ह्विप' जारी गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पर्सि शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त हुनुहुने छ । त्यसपछि नेपाली कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् । पहिले एमाले अध्यक्ष केपी शर्मा ओली र त्यसपछि कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने दुई दलबीच सहमती भएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया