जसपा, जनमत र राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत नदिने

 असार २७, २०८१ बिहीबार १८:४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

सिंहदरबारमा आज बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिनुभयो । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट विभाजन भएर बनेको जसपाका प्रतिनिधि सभामा सात जना सांसद छन् ।

यस्तै जनमत पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको पार्टी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टी प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । जनमत पार्टीको प्रतिनिधि सभामा छ जना सांसद छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद रहेका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले यो कार्यकालको १८ महिनामा ५ औँ पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया