सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँ पुग्याे

 असार २८, २०८१ शुक्रबार १२:१०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ४४ हजार नौ सय रुपैयाँ रहेको थियो । यसअघि गएको आइतवार सुन अहिलेसम्मकै उच्च तोलामा एक लाख ४५ हजार चार सय रुपैयाँ कायम भएर रेकर्ड बनाएको थियो ।

त्यस्तै चाँदीकाे भाउ पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी ताेलाकाे एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घको भनाइ रहेको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया