शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा, ७ अर्ब ६२ करोड रुपैयाँको कारोबार

 असार ३०, २०८१ आइतबार १५:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेकाे हाे । यसअघि २०७९ सालकाे वैशाख २५ गते शेयर बजार दुई हजार दुई सय ५६ दशमलव ५७ विन्दुमा पुगेको थियाे ।

आज बैंकिङ, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रो र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर नाै प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज बलेफी हाइड्रोपावरको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई करोड ४७ लाख कित्ता शेयर सात अर्ब ६२ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया