मौद्रिक नीति व्यावहारिक रूपमा कार्यान्वयन हुने गरी ल्याउनुपर्छ : घरजग्गा महासङ्घ

 असार ३०, २०८१ आइतबार १८:२२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल घरजग्गा तथा आवास विकास महासङ्घले मौद्रिक नीति व्यावहारिक रूपमा कार्यान्वयन हुने गरी ल्याउन माग गरेको छ ।

महासङ्घले देशको अर्थतन्त्र सङ्कुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यावहारिक रूपमा कार्यान्वयन हुने गरी ल्याउनुपर्ने माग गरेको हो । महासङ्घका अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्रलाई स्थायित्व दिने गरी लचिलो मौद्रिक नीति ल्याउनुपर्ने अलिहेको अवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सुस्त हुँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेको विषयलाई ध्यान दिएर मौद्रिक नीति ल्याउनुपर्ने उल्लेख गर्नुभयाे ।

लोहनीले घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्यूनतम ८० प्रतिशत पुर्‍याउन माग गर्नुभयो । यस्तै घरजग्गा कारोबार कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउन महासङ्घको माग रहेको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया