मुस्ताङ–तिब्बत कोरला नाकामा एकीकृत भवन निर्माण

 असार ३१, २०८१ सोमबार १२:१८:५६ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ – हिमालपारीको जिल्ला मुस्ताङ र तिब्बतमा रहेको अन्तर्राष्ट्रिय सीमा क्षेत्र कोरला नाकामा एकीकृत भवन निर्माण भएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ मा गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सीमा क्षेत्रको नेपाली भूमिमा सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको हो ।

पूर्वाधार विकास कार्यालय मुस्ताङसँग निमा निर्माण सेवा गोकर्णेश्वर–८, काठमाडौंले कुल ४० लाख २५ हजार रुपैयाँको लागतमा निर्माण सम्झौता गरेर भवन बनाएको कार्यालयले जनाएको छ । निमा निर्माण सेवा कम्पनीले डेढ महिनाको अवधिमा भवनको निर्माणकार्य सम्पन्न गरेको हो ।

सीमा क्षेत्रमा सुरक्षा र राजश्व सङ्कलन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि–फाइप प्रविधिको छ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सव–इन्जिनियर कमल पहारीले जानकारी दिनुभयो ।

कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो । कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीन सरकारले गएको कात्तिक महिनामा १० जना अटाउन सक्ने चारवटा कन्टेनर सहयोग गरेको थियो । चार वर्षदेखि बन्द रहेको कोरला नाका गएको कात्तिकदेखि पुनः सञ्चालनमा आएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया