चौबीस घण्टामा चितवन, पाल्पा र सिन्धुपाल्चोकमा ठूलो वर्षा

 साउन ४, २०८१ शुक्रबार ९:३६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो चौबीस घन्टामा चितवन, पाल्पा र सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । चितवनको गोविन्दवस्तीमा २१८ दशमलव ८ मिलिमिटर,  पाल्पाको बल्ड्याङगढीमा १२९ मिलिमिटर तथा सिन्धुपाल्चोकको ढुङ्गेमा ११४ र गोब्रेमा १११ मिलिमिटर पानी परेको छ ।

काठमाण्डौ उपत्यकासहित दोलखा, मकवानपुर, लमजुङ, प्यूठान, सोलुखुम्बु, खोटाङ, गोरखा, म्याग्दी, सुर्खेत लगायतका ठाउँमा पनि ५० मिलिमिटरभन्दा धेरै पानी परेको छ । मौसमको भाषामा ५० देखि एकसय मिलिमिटरसम्मको वर्षालाई ठूलो, एकसयदेखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै ठूलो र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति धेरै ठूलो वर्षा भनिन्छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकाअनुसार न्यून चापीय रेखा दक्षिणतर्फ रहँदा देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना कम हुन्छ ।

आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज राति ठूलो पानी पर्ने विभागको पूर्वानुमान छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया