सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो

 साउन ६, २०८१ आइतबार १२:०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच अमेरिकी डलर अहिलेसम्मकै महङ्गो भएको छ । आजको लागि एक अमेरिकी डलरको खरिद दर एक सय ३३ रूपैयाँ ५७ पैसा र बिक्री दर एक सय ३४ रूपैयाँ १७ पैसा तोकिएको छ ।

यसअघि गएको असार ७ गते डलरको भाउ एक सय ३४ रूपैयाँ १५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो । पछिल्लो रेकर्डभन्दा आजको मूल्य २ पैसा धेरै हो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया