शेयर बजार ६१ अङ्कले बढ्यो, १५ अर्ब २३ करोड रुपैयाँको कारोबार

 साउन ६, २०८१ आइतबार १६:२४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव ६१ अङ्कले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

नेप्से झन्डै २८ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७८ साल चैत २२ गते साढे ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ विन्दुमा झरेको नेप्से त्यसयता यो विन्दुमा पुग्न सकेको थिएन । 

आज सबै समूहको शेयर बढेकोमा होटल, व्यापार, उत्पादन, बीमा, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त, हिमालयन बैंकको शेयर १० प्रतिशतले बढेको छ । यस्तै ६ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज तीन सय १५ वटा कम्पनीका ४ करोड ११ लाख कित्ता शेयर १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँमा कारोबार भएको छ ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया