घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – विगतमा पाखो बारी र खेत खोस्रेर आफैँले उत्पादन गरेका धानको चामलबाट भात खाने चलन थियो । त्यसैकारण घैया धानको खेती पनि हुने गर्थ्यो । घैया धान वर्षातको पानीकै भरमा टार र पाखाबारीमा फल्थ्यो । विगतमा निकै चलनमा भए पनि अहिले घैया धान लोप हुने अवस्थामा पुगेको छ । सरकारले घैया–२ लाई २०४४ सालमा र घैया १ लाई २०६६ सालमा सिफारिस गरेको थियो । तर किसानले घैया धानको खेती गर्न छोडेपछि अहिले बीउ नै मासिएर लोप हुने हो कि भन्ने चिन्ता बढेको छ । पौष्टिक तत्वको मात्रा धेरै हुने घैया धानको चामल खाँदा बास्ना आउने र चिउरा समेत स्वादिलो हुने भए पनि खेती हुन छोडेपछि पछिल्लो पुस्ताले त घैया धान नै देख्न पाएका छैनन् । अहिले खेती गर्नुभन्दा चामलसहित धेरैजसो अन्न बजारबाट किनेर खाने अवस्था आएको छ । यही कारणले धेरैजसो कृषि उपजको उत्पादन घट्दो छ । त्यसमा पनि घैया धान त लोप नै हुने अवस्थामा पुगेको धानबालीका विज्ञ बताउँछन् ।
खेती सहज तर कार्यक्रम प्रभावकारी भएनन्
न धानको ब्याड राख्नुपर्ने, न त खेतलाई हिल्याएर रोप्नुपर्ने । हल्का चिस्यान भएमा बारी या खेतमा घैया धानको बीउ सहजै छर्न र खेती गर्न सकिन्छ । धानबालीका विज्ञ श्रवण साह भन्नुहुन्छ, ‘अलिअलि चिस्यान मात्रै भएमा जोतेर, जमिन खोस्रेर हातैले वा मेसिनले सहजै छर्न सकिन्छ । घैयालाई छरुवा धानकै रुपमा छर्ने हो ।’ सुख्खा, कम पानी पर्ने वा आकाशे पानीको भरमा खेती गरिने जग्गामा घैया धान उपयुक्त मानिन्छ । छरुवा प्रविधिबाट हुने घैया धान कम खर्च र लागतमा सहजै खेती गरी उत्पादन लिन पनि सकिन्छ । तर पाखो खेतबारीमा गरिने छरुवा धान घैया लोप हुने अवस्थामा पुग्नुमा खेती विस्तारका कार्यक्रम र किसानलाई प्रोत्साहन गर्न नसक्नु नै मुख्य कारण हो भन्नुहुन्छ धानबालीका विज्ञ डा.श्रवण साह । उहाँ भन्नुहुन्छ, ‘विगतमा गोरखा, लमजुङ, तनहुँलगायतका जिल्लामा अनुसन्धानका काम भएका थिए, त्यसबाट नतिजा पनि राम्रै आएको थियो तर पछिल्ला वर्ष घैयाका नयाँ जात र खेती विस्तारमा चासो भएन । सरकार तथा अनुसन्धान गर्ने निकायले पनि चासो कम दिएपछि यसको खेती हुन छाड्यो ।’
झारपात धेरै हुनु मुख्य समस्या
नेपालमा झण्डै ९० प्रतिशत धानको खेती वर्षायाममा गरिन्छ । मौसमले साथ दियो भने रोपुवा धानको खेती सहज हुन्छ । अहिले हाइब्रिड धानको प्रयोग निक्कै बढेको छ । यसबाट उत्पादन पनि धेरै लिन सकिन्छ । हिल्याएर हुने धानको खेतीमा झारपातको कम समस्या हुन्छ । अनि यसपालि मौसमले पनि साथ दियो । विगतको जस्तो खडेरी खेप्नु नपरेकाले धान रोपाइँ हुने धेरैजसो खेतमा उत्साहका साथ रोपाइँ भइरहेको छ । मुख्य गरी तराई क्षेत्रमा साउन मध्यसम्म रोपाइँको काम हुन्छ । पानी नभएको भए छरुवा धान खेती गर्नुपर्ने बाध्यता हुन्थ्यो । यसमा घैया धानको जातको पनि खोजी गरिन्थ्यो । प्रिमनसुनको सुरुवातमै गर्न सकिने घैया धान खेतीको यसपाली खासै चर्चा नै भएन । अनि नेपालमा अहिले घैया धानको खेती १० प्रतिशत पनि नभएको विज्ञको अनुमान छ । घैया छरुवा धान भएकाले झारपात धेरै हुने यसको मुख्य समस्या छ । कतै कतै छरुवाका रुपमा खेती गरिएको छ भने अब झारपात र मलको व्यवस्थापनमा ध्यान दिन धानबालीका विज्ञ साहको सल्लाह छ । अहिले खेती घटेको भए पनि जलवायू परिवर्तनका असर बढ्दै गएको अवस्थामा आउँदा दिनमा धानखेतीको उपयुक्त विकल्पको रुपमा घैया जस्ता छरुवा धान खेतीलाई विस्तार गर्नुपर्नेमा उहाँको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।