टेस्लाले अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग शुरु गर्छ : एलन मस्क

 साउन ८, २०८१ मंगलबार १८:५७:३९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको कम्पनी टेस्लाले अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग शुरु गर्ने भएको छ ।

मस्कले सामाजिक सञ्जाल 'एक्स' बाट अर्को वर्षदेखि रोबोट मानवको उत्पादन र प्रयोग गर्ने जानकारी दिनुभएको हो । यस्ता रोबोटहरू पहिला टेस्लाले प्रयोग गर्ने, दुई वर्षपछि अर्थात् सन् २०२६ मा मात्रै अरू कम्पनीलाई बेच्न शुरु गरिने मस्कले बताउनुभएको छ । यो वर्षदेखि टेस्लाको कारखानामा यस्ता रोबोटको प्रयोग गर्ने योजना भए पनि ढिलाइ भएको बीबीसीको खबरमा उल्लेख छ ।

मस्कले यसअघि यस्ता रोबोटहरू २० हजार डलरमा बेच्ने घोषणा गरे पनि अहिले भने मूल्य सार्वजनिक भइसकेको छैन । यी रोबोटले मानिसले जस्तै काम गर्न सक्नेछन् । 'होन्डा' र 'बोस्टन डाइनामिक्स' लगायतका अन्य कम्पनीहरूले पनि आफ्नै रोबोट मानव विकास गरिरहेका छन् ।

एलन मस्कले सुनाउँदै आएका हरेक योजना धकेलिँदै गएकोमा रोबोट मानवको योजना पनि अर्को वर्ष नै पूरा नहुने सम्भावना पनि छ । सन् २०१९ मै अर्को वर्षदेखि सडकमा 'सेल्फ ड्राइभिङ' अर्थात् स्वचालित ट्याक्सी चलाउने घोषणा गरे पनि अहिलेसम्म यो घोषणा कार्यान्वयन भएको छैन ।

विद्युतीय गाडीको माग कम भएको समयमा टेस्लाले कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई), स्वचालित गाडी र रोबोटजस्ता प्रविधिहरूमा ध्यान केन्द्रित गर्दै आएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया