साउन लागेपछि शेयर बजार पहिलो पटक घट्यो, कारोबार रकम भने तीन वर्षयताकै उच्च

 साउन ९, २०८१ बुधबार १६:४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साउन लागेपछि लगातार बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ विन्दुमा झरेको छ ।

आज फाइनान्स र होटल बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, माइक्रोफाइनान्स, जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज चिर्ख्वा हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (तराई) र एशियन हाइड्रोपावर कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । यस्तै तीन वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज शेयर बजार घटे पनि कारोबार रकम भने तीन वर्षयताकै उच्च भएको छ । आज तीन सय ११ वटा कम्पनीका चार करोड सात लाख कित्ता शेयर १६ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । यसअघि २०७८ साल भदौ ३ गते २० अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया