गुल्मीका किसान गँड्यौली मलतर्फ आकर्षित

 साउन ९, २०८१ बुधबार १८:३८:५८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीका किसानहरू व्यावसायिक रूपमा गँड्यौली मलतर्फ आकर्षित हुन थालेका छन् । कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा गुल्मीकाे इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गगारिक खेतीका लागि गँड्याैली मलकाे मलको उत्पादन शुरु गरिएको छ ।

गँड्याैली मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउने, बाली बिरुवाको वृद्धि विकास पनि छिटो हुने र अरू मलभन्दा गुणस्तर पनि राम्रो भएका कारण गुल्मीमा व्यावसायिक उत्पादन गर्न लागिएको हो । धुर्कोट अर्गानिक कृषि तथा गँड्यौला मल उत्पादन फर्मले इस्मा र धुर्कोटकाे सङ्गमस्थल अन्तर्गत हुलाकेकाे सप्लीङ्गमा गँड्याैली मलकाे उत्पादन शुरु भएको छ ।

गाईभैँसीको मललाई गँड्यौलामार्फत प्रशोधन गरी यहाँका किसानहरू गँड्यौली मल उत्पादनमा लागेका हुन । आजभोलि खेतबारीमा धेरैजसो रासायनिक मलको प्रयोग गर्ने क्रम बढ्दै गएको र त्यसले क्षणिक रूपमा उत्पादन र उत्पादकत्व वृद्धि भए पनि दीर्घकालीन रूपमा यसले मानव स्वास्थ्य र माटोमा समेत ठूलो असर पुर्‍याउँछ ।

गँड्यौली मलले बालीनालीको उत्पादनमा वृद्धि हुने, माटोको उर्बरतालाई बचाइ राख्ने र उत्पादित वस्तुहरू अर्गानिक हुने धुर्कोट अर्गानिक कृषि तथा गँड्यौला मल उत्पादन फार्मका सञ्चालक खिमानन्द भण्डारीले बताउनुभयो । फार्मबाट उत्पादित गँड्यौली मलको मूल्य अहिले प्रतिकिलाे ३० रुपैयाँ रहेको छ । किसानहरू मल किन्नका लागि फार्ममै पुग्ने गर्दछन् । गँड्यौली मलको माग बढ्दै गएका कारण यति बेला गाउँघरमा मल पुर्‍याउन धौधौ परेको फार्म सञ्चालक भण्डारीकाे भनाइ छ ।

गँड्यौली मल बनाउँदा शुरुमा गाईभैँसीको गोबर प्रयोग गर्ने, गोबरलाई ब्याड बनाएर राख्ने, त्यही बनाएको ब्याडमा गँड्यौला राख्ने र माथिबाट बाक्लो जुटको बोराले छोपिदिने गरिन्छ । यसरी छोपेको केही दिनपछि बुरबुर किसिमको गँड्यौली मलमल तयार हुन्छ ।

माटो व्यवस्थापन कार्यक्रमअन्तर्गत गुल्मीमा भर्मी उद्योग कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयाे । ज्ञान केन्द्रको पाँच लाख र फार्मको तर्फबाट ७३ हजार गरी पाँच लाख ७३ हजार रुपैयाँकाे लागतमा धुर्कोट अर्गानिक कृषि तथा गँड्यौला मल उत्पादन फार्म सञ्चालनमा आएकाे हाे ।

अहिले धुर्कोट, इस्मा, मदाने, चन्द्रकोट, छत्रकोट लगायतका पालिकाहरूमा २४ जना किसानले गँड्यौली मलको उत्पादन गर्न शुरु गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया