साउनको दोस्रो सोमवार पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

 साउन १४, २०८१ सोमबार ९:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – आज साउन महिनाको दोस्रो सोमवार पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनाका हरेक सोमवार मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ व्रत बसेर शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने चलन छ ।

आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर र सन्तानेश्नर चितवनको देवघाट, खोटाङको हलेसीलगायतका मन्दिरमा हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो छ । पशुपतिमा बोलबम यात्रीहरु पनि उल्लेख्य सहभागी भएका छन् । बोलबम यात्रीहरुले काठमाण्डौको सुन्दरीजलबाट पैदल हिँडेर शुद्ध जल लगेर पशुपतिमा चढाउने गर्छन् ।  

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया