खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेवास ऐसेलुखर्कका मंगलसिंह याखाको घरमा आगलागी हुँदा ३ लाख २९ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको छ ।
घरमा पालेको मौरीको मह काढ्ने क्रममा बोरामा आगो सल्किएपछि घरमा आगलागी भएको चाैबिसे गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिनुभयो ।
आगलागीबाट याखाको फुसको घर जलेर पूर्ण रुपमा नष्ट भएको चौबिसे गाउँपालिका–२ का वडाध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिनुभयो । आगलागीबाट घरमा रहेको लत्ताकपडा, गरगहना, खाद्यन्न, काठपातलगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको पीडित मंगलसिंह याखाले जानकारी दिनुभयो ।
बिहीबार दिउँसो घरमा मौरीको मह काढ्ने क्रममा बोरा बालेकाले आफूले आगो निभाएको भए पनि पूर्ण रुपमा आगो ननिभेकाले बोराबाटै आगो सल्किएको पीडित परिवारले जनाएका छन् ।
श्रीमती र दुई छोरीसहित चार जनाको परिवार बस्दै आएका पीडित याखा परिवारकाे घर आगलागीबाट घर पूर्ण रुपले जलेपछि अहिले उनीहरु जेठा छोराको घरमा बस्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।