उपचुनावको नमुना मतपत्र सार्वजनिक : कहाँ कस्तो ?
मंसिर ७, २०८१ शुक्रबार
काभ्रे – प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा काभ्रेमा आलुको 'ब्राण्डिङ' गर्न शुरु भएको छ । आलुको 'हब' मानिने काभ्रेको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित 'प्याकेजिङ' थालिएको हो । आलु सुपरजोनका रूपमा जिल्लाको चिनारी बनाउन तथा पनौतीको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने उदेश्यले 'प्याकेजिङ' शुरु भएको छ ।
प्रारम्भिक चरणमा दुई किलो, तीन किलो र पाँच किलो तौलमा आलुको 'प्याकेजिङ' हुने गरी ब्राण्डिङ शुरु गरेको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताउनुभयो । भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भन्डारण कक्ष निर्माणसहित 'प्याकेजिङ' गरेकाे आलु बजारीकरण शुरु गरेको थापाले बताउनुभयो ।
केही दिनअघि आलु 'प्याकेजिङ'लाई काभ्रेका बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारीले बताउनुभयो ।
सुपरजोन समन्वय समितीका प्रमुख सुमन नेपालले आलु ब्राण्डिङ कार्यक्रमले अन्य व्यवसायिक किसानलाई पनि प्रेरणा मिलेको बताउनुभयो । काभ्रेको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।