आज सदर चिडियाखाना बिहान ५ बजेदेखि नै खुला, प्रवेश शुल्क ७५ रुपैयाँ मात्रै

 साउन २०, २०८१ आइतबार ८:५०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन आज जावलाखेलमा रहेको चिडियाखाना बिहान ५ बजेदेखि नै खुलेको छ । आजको लागि प्रवेश शुल्क ७५ रुपैयाँ मात्रै रहेको सदर चिडियाखानाले जनाएको छ ।

अरू बेला चिडियाखाना प्रवेशको लागि दुई सय रुपैयाँ टिकट लाग्छ । विद्यार्थीका लागि एक सय ३५, ज्येष्ठ नागरिकको लागि ९० रुपैयाँ, १२ वर्षसम्मका बालबालिकाका लागि ७५ रुपैयाँ तथा सार्क देशका विदेशी नागरिकका लागि पाँच सय रुपैयाँ र सार्कबाहेकका देशका नागरिकका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । तर आज सबैका लागि ७५ रुपैयाँ मात्रै प्रवेश शुल्क तोकिएको चिडियाखानाका सूचना अधिकृत गणेश कोइरालाले जानकारी दिनुभयो ।

रातो मच्छिन्द्रनाथको दर्शन गर्न आउनेमध्ये धेरैजना चिडियाखाना प्रवेश गर्ने भएकाले टिकटमा छुट दिइएको उहाँले बताउनुभयो । सामान्य दिनमा चिडियाखानामा झन्डै तीन हजार दर्शकले अवलोकन गर्ने गर्छन् । भोटो देखाउने जात्राको दिन भने २० हजारभन्दा बढी दर्शक आउने गरेको चिडियाखानाले जनाएको छ । दर्शकको सुविधाका लागि आज बिहान ५ बजेदेखि नै चिडियाखाना खुला गरिएको हो । अरू दिन बिहान १० बजेपछि मात्रै चिडियाखाना खुल्ने गर्छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया