बाढीपहिरो, आगलागी र चट्याङ पीडितले अस्थायी आवास बनाउन ५० हजार अनुदान पाउने

 साउन २२, २०८१ मंगलबार ८:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – बाढीपहिरो, आगलागी, चट्याङबाट घर गुमाएका पीडितले अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ अनुदान पाउने भएका छन् ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको २४ औँ बैठकले विपदबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१ स्वीकृत गरेसँगै अस्थायी आवासका लागि अनुदान उपलब्ध गराउने बाटो खुलेको हो ।

यसअघि भूकम्प प्रभावितले अस्थायी आवासका लागि दुई किस्तामा ५० हजार रुपैयाँ पाउँदै आएका थिए । तर अब मनसुनजन्य तथा आगलागी पीडितलाई पनि समेटिएको छ । हिजोको बैठकले डेंगी, झाडापखाला र हैजाजस्ता महामारीजन्य रोगको प्रकोप थप बढ्न सक्ने सम्भावनालाई ख्यालमा राखेर रोग फैलन नदिन स्वास्थ्य र खानेपानी मन्त्रालयमार्फत तत्कालै आवश्यक काम अगाडि बढाउन निर्देशन समेत दिएको छ ।

गृहमन्त्री लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने, महामारी थप फैलन नदिनेलगायतका उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । प्राधिकरणले बैठकमा यसवर्ष मनसुनले पारेको प्रभावबारे जानकारी गराएको थियो ।  

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया