फोर्ब्सकाे घोषणा : अमेरिकी खर्बपती एलन मस्क मानव इतिहासकै सबै...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – प्यूठानको झिमरुक गाउँपालिका वडा नम्बर २ की हिरा सामत हराएको आठ दिनसम्म पनि भेटिनुभएको छैन ।
यही साउनको १५ गते दिउँसो झिमरुक–३ आहालखोलाबाट आफ्नो घर कोटफेराका लागि हिँडेकी सामत आजसम्म पनि नभेटिएको आफन्तले जनाएका छन् । हजुरआमा बेपत्ता भएपछि खोजीका लागि इलाका प्रहरी कार्यालय मच्छीमा निवेदन दिए पनि प्रहरीले खोजीमा खासै चासो नदिएको रवि सामतले जानकारी दिनुभयो ।
खोजीबारे आज पनि घरपरिवार, स्थानीय बासिन्दा, आफन्त र प्रहरीबीच छलफल भएको छ । खोजीलाई तीव्रता दिने प्रहरीले प्रतिबद्धता जनाएको छ । बेपत्ता भएकी हिरा सामत नाै वर्षदेखि एक्लै बस्दै आउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।