हराएको ९ दिनमा भेटियाे हिराको शव, घटना शङ्कास्पद भएकाले अनुसन्धानको माग

 साउन २४, २०८१ बिहीबार १८:३९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्यूठानको झिमरुक गाउँपालिका वडा नम्बर २ की हिरा सामतको शव हराएको नवौँ दिनमा भटिएको छ ।

सामतको शव तारेभिरको फेदमा भेटिएको नाति रवि सामतले जानकारी दिनुभयो । भीरको फेदमा धेरै गिद्द घुमेपछि हेर्न पुगेका स्थानीयवासीले हिराको शव देखेका थिए । शव गिद्दले खाएको र सडेको अवस्थामा भेटिएको छ । आफन्तले उहाँको मृत्यु शङ्कास्पद भएको भन्दै अनुसन्धानको माग गरेका छन् ।

यही साउनको १५ गते दिउँसो वडा नम्बर ३ आहालखोलाबाट आफ्नो घर कोटफेराका लागि हिँडेकी हिरा सम्पर्कविहीन हुनुभएको थियो । कोटफेरा जान हिँडेकी हजुरआमा कसरी तारेभीरतर्फ जानुभयो भन्ने कुरा नै शङ्कास्पद रहेको नाति रविको भनाइ छ । उहाँले शव हेर्दा लडेको नभई कसैले लगेर राखेजस्तो देखिएको पनि बताउनुभएको छ ।

यसबारेमा प्रहरीले अनुसन्धान अघि बढाउनुपर्नेमा आनाकानी गरिरहेको पनि रविले गुनासो गर्नुभएको छ । बेपत्ता भएकी हिरा सामत नाै वर्षदेखि एक्लै बस्दै आउनुभएको थियो ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया