यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो
भदौ २९, २०८१ शनिबार
काठमाण्डाै – नुवाकोटको शिवपुरीमा अस्ति बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट (क्याप्टेन) अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो ।
यस्तै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ नागरिकको पहिचानका लागि आधार सङ्कलन गर्ने काम हुँदैछ । चिनियाँ नागरिक जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव पहिचानका लागि आवश्यक प्रक्रिया चलिरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीले जानकारी दिनुभयो । शवको पोस्टमार्टम भने सकिएको छ ।
अस्ति बुधवार दिउँसो काठमाण्डौबाट रसुवाको स्याफ्रुबेसीका लागि चिनियाँ पर्यटक लिएर उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना हुँदा पाइलट मल्लसहित पाँच जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।