यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो
भदौ २९, २०८१ शनिबार
काठमाण्डाै – हुम्लाको सिमिकोटवासीले सिमिकोट–लिमी–लाप्चा सडक सधैँ चल्न सक्ने गरी निर्माण गर्न माग गरेका छन् । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेर उनीहरूले सडककै कारण सधैँ समस्या भइरहेको भन्दै हिउँद र बर्खा दुवै याममा गाडी चल्ने गरी सिमिकोट–लिमी–लाप्चा सडकको निर्माण गरिदिन माग गरेका हुन् ।
भेटमा अर्थमन्त्री पौडेलले सिमिकोट–लिमी–लाप्चा सडकलाई महत्त्व दिएर सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपालको सबैभन्दा ठूलो गाउँपालिका नाम्खामा पर्ने लिमी उपत्यकाबाट मानसरोवरको दर्शन गर्न सकिन्छ । अहिले प्रयोग भएको सडक ६ महिना चल्ने र हिउँ पर्न थालेपछि बन्द हुने भएकाले लिमीवासीले सधैँ चल्न सक्ने सडक बनाउन सरकारसँग माग गरेका हुन् ।
लिमी–लाप्चा र सिमिकोट–हिल्साको दुवै सडक खण्डका नारापास र न्यालुपास पाँच हजार मिटर अग्लो उचाइमा रहेका कारण हिउँदको समयमा ६ महिना हिउँले ढाकिएर अवरुद्ध हुने भएकाले यसको विकल्पमा अर्को सडकको माग गरिएको हो । नाम्खा गाउँपालिकाको तुम्कोट खोलाबाट ककुवा हुँदै हिल्सासम्म २९ किलोमिटर दुरीको कर्णाली नदीको तिरैतिर तुम्कोट–लिमी–हिल्सा खण्डको बाटो विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्न स्थानीयवासीले माग गरेका छन् ।
अर्थमन्त्री पौडेलले सुरक्षा संवेदनशील र पर्यटकीय महत्त्व बोकेको लिमी उपत्यका र त्यहाँका बासिन्दालाई निराश नबनाई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।