रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्नेलाई नगरपालिकाले निःशुल्क भर्ना गरिदिने

 साउन २७, २०८१ आइतबार १५:३३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेलाई निःशुल्क भर्ना गरिदिने भएको छ ।

सदरमुकाम  तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्नाबापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ नगरपालिकाले तिरिदिने भएको हो । क्याम्पसमा विद्यार्थीको सङ्ख्या निकै घटिरहेकाले विद्यार्थीलाई भर्नाबापतको रकम निःशुल्क गरेर आफूहरूले तिरिदिने नगरपालिका प्रमुख खिलराज पन्थीले जानकारी दिनुभयो ।

क्याम्पसमा अहिले सात सय ७९ जना विद्यार्थी छन् । रेसुङ्गा नगरपालिकाले क्याम्पसमा यसअघि दुई चरणमा गरी एक करोड रुपैयाँ आर्थिक सहयोग गरिससकेको छ । तलब दिन नसकेपछि रेसुङ्गा बहुमुखी क्याम्पसले यसअघि नै सङ्कटकाल घोषणा गरेर केही उपप्रध्यापकलाई हटाएको थियो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया