ललितपुरको इमाडोलमा सडक भासियाे

 साउन ३०, २०८१ बुधबार १५:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

ललितपुर – ललिपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ३ को बोझे पोखरीबाट इमाडोलतर्फ जाने भित्री सडक भासिएको छ । गएराति सडक भासिएपछि त्यहाँ गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

सडकमा झन्डै तीन मिटरका दुई वटा खाडल बनेका छन् । खाडलका कारण त्यो बाटो हुँदै गाडी सञ्चालन गर्न नमिल्ने अवस्था छ । वर्षाका कारण सडक भासिएको प्रहरीले जनाएको छ ।

यही साउन २५ गते काठमाण्डाै महानगरपालिका कार्यालय नजिकको सडक पनि भासिएको थियो । सडक भासिएपछि अहिले दरबारमार्गमा रहेको महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्डमा यातायात सञ्चालन बन्द गरिएको छ । त्यस क्षेत्रमा टुकुचा खोला छोपेर सडक बनाइएको कारण भासिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया