डेङ्गी नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयले शुरू गर्‍याे कार्यालय सरसफाइ अभियान

 साउन ३२, २०८१ शुक्रबार १५:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान शुरू गरेको छ ।

मन्त्रालयले ‘स्वस्थ नेपाल र निरोगी नेपाली’ का लागि हप्ताको एक दिन कार्यालय÷घर सरसफाइ अभियान शुरू गरेको हो । निरोगी नेपाल बनाउने सङ्कल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर/कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन पनि आमनागरिकसँग आग्रह गरेको छ ।

अभियानअन्तर्गत आज बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय परिसरमा सरसफाइ गरेका छन् । मन्त्रालयबाट शुरू गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने लक्ष्य मन्त्रालयको छ ।

अभियानका बारेमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विगतका वर्षहरूलाई हेर्दा यस वर्ष सङ्ख्यात्मक रूपमा डेङ्गी सङ्क्रमणको सङ्ख्या कम देखिए पनि भदौ र असोज महिनामा जोखिम बढी हुने भएकाले सरसफाइ अभियान शुरू गरेको बताउनुभयो । उहाँले पानी जम्मा हुने भाँडा घोप्ट्याउन, ओसिलो ठाउँ हुन नदिन सुझाव दिनुभयो ।

भदौ ६ गते सम्बन्धित समिति र सात प्रदेशकै स्वास्थ्यमन्त्रीसँग बैठक राखेर सातै प्रदेशमा अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने पनि प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया