सोलुखुम्बुको थामेमा बाढी, हिमताल फुटेको आशङ्का, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 साउन ३२, २०८१ शुक्रबार १४:५७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । स्थानीय बासिन्दाले एक्कासी बाढी पसेको खबर गरेका र बाढी आउनुमा कुनै हिमताल फुटेको हुनसक्ने आशङ्का रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय बासिन्दाबाट खबर आएको छ, केही घर बगाएको र केहीमा बाढी पसेको खबर भन्ने छ, हामी त्यसतर्फ गइरहेका छौँ, केही समयमा थप जानकारी आउँछ । यदि हिमताल फुटेको भएमा दूधकोशी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्छ ।’

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ ।

यसैबीच सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले थामेमा क्षति भइसकेको जानकारी आएको भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गर्नुभएको छ । दूधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी तटीय क्षेत्रमा ठूलो बस्ती रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया