सोलुको थामेमा बाढीले एकजना बेपत्ता, २० वटा घरमा पूर्ण क्षति, १ सय ४० जना विस्थापित

 भदौ १, २०८१ शनिबार ५:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ । ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ सुरक्षित रुपमा राखिएको छ । प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार गरेका प्रमुख जिल्ला अधिकारी पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा जाने बाटो, पुलहरुमा क्षति पुगेकोले आज हेलिकप्टरमार्फत राहत लिएर जाने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै मानवीय क्षति हुन नदिनेमा ध्यान पुर्‍याउन निर्देशन दिनुभएको छ । हिजो राति टेलिफोन संवाद गर्दै प्रधानमन्त्री ओलीले मानव जीवनको मूल्य बराबर अरु केही पनि नभएकाले त्यसमा विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले छिटो राहत पुगोस् र मान्छेको भोकै नपरुन्, भरसक मान्छे कठ्याङ्ग्रिएर मर्न नपरोस् भन्नेमा ध्यान दिन पनि निर्देशन दिनुभएको छ । प्रभावित क्षेत्रका नागरिक कसैले नियमित औषधि सेवन गरिरहेको भए त्यसबारे छिटो जानकारी दिन र आवश्यक परे काठमाण्डौबाट औषधि पठाउने प्रबन्ध मिलाउने समेत प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया