ललितपुरको पुल्चोक र भैंसेपाटीमा दुई महिनासम्मका लागि निषेध...
चैत ३, २०८१ सोमबार
काभ्रे – पाँचखाल नगरपालिका २ रातापहिरोमा आफ्नै इनार सफा गर्ने क्रममा साेमबार बाबु छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचखाल २ अनेकोटे रातोपहिरोका ५० वर्षीय रामबहादुर तामाङ र उनका छोरा २५ वर्षीय सानुकुमार तामाङ छन् ।
उनीहरु आफ्नै इनार सफा गर्नको लागि इनार भित्र पसेपछि बेहोश भएका थिए ।
तत्कालै प्रहरी चौकी पाँचखालको टोलीले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाएको थियो ।
तर अस्पताल प्रशासनले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।
बाबुछोरा सँगै इनारमा पसेका स्थानीय पेमा दोर्जेका छोरा वर्ष १६ का टुल्कु लामा वेहोश अवस्थामा धुलिखेल अस्पतालमा उपचाररत छन् ।
उनीहरु अक्सिजन कम भएका कारण वेहोस भएको हुन सक्ने धुलिखेल अस्पतालले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।