साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – गएको शुक्रवार सोलुखुम्बुको थामे खोलामा भेलबाढी आउँदा हराएका व्यक्ति फेला परेका छन् । बाढी आएपछि हराएका ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सुन्न र बोल्न नसक्ने शेर्पा भेलबाढीका कारण घरभित्र थुनिएपछि निस्कन र कसैलाई बोलाउन पनि नसकेका कारण भेटिनुभएको थिएन । बाढी आउनुअघि कसैले घाँस काट्न गएको देखेको र कसैले लुगा बोकेर हिँडिरहेको देखेको बताएपछि अन्यत्र खोजी भएको थियो । तर हिजो उहाँ घरभित्रै बसिरहेको अवस्थामा सकुशल भेटिनुभएको हो ।
यसैबीच थामे खोलाको बाढीपछि स्थलगत अध्ययनमा गएको टोलीले अन्य हिमतालको जोखिमबारे अध्ययन गर्न सुझाव दिएको छ । घटनास्थलमा पुगेर काठमाण्डौ फर्किएका रक्षामन्त्री मानवीर राईसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्षतिको विस्तृत विवरणसहित सम्भावित जोखिमको अवस्थाबारे विज्ञ टोलीबाट अध्ययन हुनुपर्ने भन्दै स्थलगत प्रतिवेदन दिएको हो ।
हिमताल फुटेपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय क्षतिग्रस्त भएको थियो । दिउँसोको समयमा घटना भएकोले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ । यसैबीच थामे खोलामा आएको बाढीपछि अबरुद्ध भएको मोवाइल सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।