दशैँका लागि नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब रुपैयाँ बचत, ...
असोज २४, २०८१ बिहिबार
काठमाण्डौ – आज साउन शुक्ल पूर्णिमाका दिन, देशभर रक्षाबन्धन र जनैपूर्णिमा अर्थात ऋषि तर्पणी पर्व मनाइँदै छ ।
पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल / रासस
काठमाण्डौको पशुपतिनाथ, वसन्तपुर, मणिचूड, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, चितनको देवघाट, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा बिहानैदेखि मेला लागेको छ ।
जनैपूर्णिमाका दिन पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवम् पुरोहितहरु । तस्बिर : सनद अधिकारी-रासस
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ
नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात रत्नचुडेश्वर महादेव मन्दिरमा जनैपूर्णिमा मेलामा सहभागी विदेशी पर्यटक र पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर :रमेश गिरी /रासस
तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा पुरोहितबाट रक्षाबन्धन बाँध्दै भक्तजन । तस्बिर : हिमाल लम्साल / रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।